डी.पी.एल युथ टिम र डी.पी.एल टिन्स बोर्डको संयुक्त आयोजनामा पोखरामा नेतृत्व विकास तालिम सम्पन्न
पाेखरा | जेठ १७, २०८०
पोखरा: डी.पी.एल युथ टिम र डी.पी.एल टिन्स बोर्डको संयुक्त आयोजनामा पोखरामा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
गणतन्त्र दिवसको अवसर पारेर डी.पी.एल युथ टिम र डी.पी.एल टिन्सले ६५ जना भन्दा बढी सहभागीहरुलाई नेतृत्व विकास सम्बन्धि तालिम दिएको हो ।
प्रमुख अतिथि विश्व कला यात्री प्राज्ञ नगेन सिंह ठकुरीको उपस्थितिमा भएको उक्त कार्यक्रममा तालिममा सहभागि हुने सहभागिहरुलाई एउटा सफल नेतृत्वमा हुनुपर्ने असल गुणहरुको बारेमा साथै नेतृत्व तहमा हुनको लागि कुनैपनि राजनैतिक समुह हुनैपर्छ भन्ने नभई आफ्नै साथीभाईहरुको समुहमा, परिवार ,समुदाय र आफु पढ्दै गरेको कक्षामा समेत नेतृत्व गरी आफ्नो विकास गर्न सक्ने महत्वपूर्ण विषयमा तालिम दिइएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित प्राज्ञ सिंहले नेतृत्व गर्ने जुनसुकै व्यक्ति भएपनि उहाँहरुमा शालिनता, सबैलाई समेट्न सक्ने, जस्तोसुकै परिस्थितिलाई सम्हाल्न सक्ने र क्षमतावान हुन जरुरी भएको बताएका थिए ।
उनले विशेषगरी युवाहरुलाई लक्षित गरी डी.पी.एल युथ टिम र डी.पी.एल टिन्स बोर्डले संयुक्त रुपमा आयोजना गरेको यस कार्यक्रम उत्कृष्ट र अहिलेको समयमा निकै महत्वपूर्ण भएको समेत बताए । सो कार्यक्रममा प्रशिक्षक दिपक न्यौपानेले भाषण र भाषण कलाको बारेमा तालिम दिएका थिए ।
अर्का प्रशिक्षक रोशनी के.सी.र मनिषा तिमिल्सिनाले कुशल नेतृत्वको बारेमा तालिम दिनुभएको थियो भने प्रशिक्षक स्वस्तिका बरालले समय व्यवस्थापन र आयुष बटाजुले एउटा सफल समुहमा हुनुपर्ने गुणहरुको बारेमा तालिममा सहभागिहरुलाई तालिम दिए ।
यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न अमेरिकन कर्नर पोखरा र पोखरा सार्वजनिक पुस्तकालयले सहयोग गरेको थियो ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

